विराटनगर महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ ।

महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ ।

सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले जानकारी दिनुभयो ।

महानगरले विभिन्न ८ वटा क्षेत्रहरु तयार गरेको छ । जसमा समग्र व्यवस्थापन सूचना, खोज तथा उद्धार, खाद्य तथा कृषि, स्वास्थ्य तथा पोषण, खानेपानी तथा वातावरण प्रवद्र्धन, आपतकालीन आश्रम तथा गैरखाद्य सामग्री, सुरक्षा तथा संरक्षण, आपतकालीन शिक्षा र शीघ्र पुनर्लाभ रहेका छन् । उक्त विषयगत क्षेत्रहरुले आपतकालीन अवस्थामा तत्कालै सेवाहरु उपलब्ध गराउने कोइरालाले बताउनुभयो ।

महानगरले आवश्यक सामग्रीसहित स्थानीय आपतकालीन सेवा केन्द्र तयारी अवस्थामा राखेको मेयर कोइरालाले बताउनुभयो । उहाँले सुरक्षाका तीनवटै निकाय, रेडक्रस, उद्योगी व्यवसायी, समाजसेवी, राजनैतिक दल, नागरिक समाजसहित सबैको सहकार्य र समन्वयमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।

पहिचान भएका आश्रयस्थललाई चुस्तदुरुस्त राख्न नागरिक समाजले बैठकमा सुझाव दिएको छ । विराटनगर महानगरका ९ र १० वडाबाहेक अन्य वडाहरु बाढी तथा डुबानबाट प्रभावित हुने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖