मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ । 

५६ बर्षिय थारुको सोमबार दिउँसो १ बजे निधन भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी २०८० माघ १० गते साँझ बेहोस भएर ढलेका थारु उपचारपछि जेठ १ गते घर लगिएको र उनको निधन घरमै भएको हो ।  उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।