भोजपुरमा इर्खुवा खोलाको बाढीले २ जनालाई बगायो
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ ।
बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।


