झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १२ जना पक्राउ

विरानगर, साउन १७ गते । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे झापाको झापा गाँउपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री देश

भारतका ३६ बर्षीय सोमाई किस्कुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ८३० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट बिर्तामोड नगरपालिका-१ स्थितमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ६२० मिलिग्राम, प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान र चम्ची १ थान सहित बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय अनिष चौधरी, २५ बर्षीय सुरज राई र २३ बर्षीय धिरज राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको बिराटनगर -१७ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उपमहानगरपालिका ४ का २५ बर्षीय अमन चौधरीलाई ४ ग्राम ८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका -१५ बाट दमक नगरपालिका-५ का १९ बर्षीय रबिन मुखिया र ईटहरी-३ का २६ बर्षीय सन्तोष लामा DIAZEPAM, LUPIZESIC, PHENARAGAN र AVIL गरी जम्मा २२४ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ परेका छन् ।

त्यस्तै रंगेली नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४५ प ५२१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक सुनवर्षि नगरपालिका-९ का ५५ बर्षीय भिम प्रसाद सिंहको साथबाट Tramadol २ हजार क्याप्सुल फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट बराहक्षेत्र नगरपालिका-१ स्थित खटिएको प्रहरी टोलीले को. १ ह ३०६० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त अटोबाट स्पासरेस्ट र ट्रमाडोल ५१ ट्याब्लेट प्रतिबन्धित औषधी र नगद ३२ हजार रुपैँया बरामद गरेसगै अटो चालक धरान-११ का ३० बर्षीय सबिन राई र अटोमा सवार २९ बर्षीय एसाउ सुनुवारलाई पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थित प्रदेश १-०५-००१ प ५८२१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटि चालक त्रियुगा नगरपालिका ११ का २७ बर्षीय सारासं राई र स्कुटी पछाडी सवार त्रियुगा नगरपालिका ३ का ३५ बर्षीय नरेन्द्र पोखरेललाई फेनागर्न, डाइजेपाम, बुप्रिनोर्फिन गरी जम्मा ३६ एम्पुल र सिरिञ्ज ५ थान सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।