सुनसरी र इलाममा सवारी दुर्घटना, २ जनाको मृत्यु

बिराटनगर, साउन १९ गते । सुनसरी र इलाम जिल्लाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १ बजे सुनसरीको ईटहरी उप-महानगरपलिका-६ स्थित प्रदेश नं. १-०२-००१ ख ९२९४ नम्बरको ट्रकले पैदल यात्री षडानन्द नगरपालिका-१४ भोजपुरका ४२ बर्षीय राम चन्द्र श्रेष्ठलाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागि घोपा धरान पुर्याउन साथ मृत्यु भएको थियो । ठक्कर दिने ट्रक चालक धरान-१३ का ४५ बर्षीय गोबिन्द बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै इलामको माई नगरपालिका-२ स्थितमा ना.४८ प ८६३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पुलमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक माई नगरपालिका-१० का ३२ बर्षीय बिनोद लिम्बु, मोटरसाईकलमा पछाडी सवार १६ बर्षीय रोशन लिम्बु र २६ बर्षीय दिनेश सार्की घाईते भएका थिए ।

घाईते उनिहरुलाई उपचारको लागि BNC अस्पताल विर्तामोड लागिएकोमा सार्कीको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।