विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी
विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आईसीयूमा बिरामी नभएको समयमा आगलागी भएको अस्पतालले जनाएको छ ।
आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन् ।
आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ । अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


