विराटनगरमा “अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण

विराटनगर, साउन २८ गते । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थित रहेको कंचनजंगा पार्टी प्लालेसमा “अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

आज बिहान “समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण” भन्ने मुल नाराकासाथ General Federation Of Nepalese Trade Unions (GEFONT), Enhance skills for sustainable and rewarding employment (ENSSURE) तथा उद्योग संगठन मोरङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बिराटनगर स्थित रहेका बिभिन्न बिद्यालयहरुबाट सहभागी १५० जना बिद्यार्थीहरुलाई प्रमुख प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी निरीक्षक तोरण परियारले लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधानको विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै उनिहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा (GEFONT), (ENSSURE) र उद्योग संगठन मोरङका प्रतिनिधिहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
लागुऔषध दुर्व्यसनबाट व्याक्ति तथा समुदाय नै प्रभावित हुदैँ गईरहेको र लागुऔषध सेवनले अपराध जन्य गतिबिधीहरु बढिरहेकोले यस्ता गतिबिधिहरुलाई प्रभाबकारी ढंगबाट निर्मुल पार्न कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।