झापामा ससुरा-बुहारीको हत्या गर्न खोज्ने पौडेल पक्राउ

झापा । झापाको हल्दिबारीमा ससुरा-बुहारीको हत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड ९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । हिजो दिउँसो ३ः३० बजे पौडेलले हल्दिबारी २ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै आएर प्रसाई र उनकी बुहारी अन्दाजी ३० वर्षीया रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेका थिए ।

त्यहाँ भएका स्थानीयबासीले उनीहरुलाई जोगाएका थिए । हल्दिबारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाएको छ । प्रहरीले उनले प्रयोग गरेको प्र १-०१-०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

केही वर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक वर्षदेखि सामाजिक सञ्जालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्ने र प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेपछि गतवर्षको चैतमा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र काठमाण्डौको हनुमान ढोकास्थित साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।