खोटाङमा घरबाट विद्यालय आउने क्रममा पहिरोले पुरिएर शिक्षिका श्रेष्ठको मृत्यु
खोटाङ । पहिरोमा पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु भएको छ।
खोटाङको रावाबेंसी गाउँपालिका-३, लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी श्रेष्ठको बिहीबार बिहान विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो। लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत शिक्षिका श्रेष्ठ वडा कार्यालय नजीिकै पहिरोमा पुरिएकी हुन्।
करीब १०० मिटर माथिबाट सडकको डिल खस्दा शिक्षिका पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले बताए। स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएकी हुन्।

घटनास्थलको तस्बीर ःसुनिता पोखरेल


