खोटाङको रावा बेसी पालिकाभर आज शोक बिदा

खोटाङ, साउन ३२। पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ । शुक्रवार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रीदेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । बिश्वज्योती मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।

तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रीदेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उनीसँगै अगाडि हिँडिरहेकी आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिएकी छन। शिक्षिका सावित्रीदेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए ।

शिक्षिका सावित्रीदेवीको अनिवार्य अवकाश हुन केही समय मात्र बाकी रहेको विद्यालयले जनाएको छ । विद्यालय जाँदै गर्दा पहिरोले पुरेर शिक्षिकाको असामयिक निधन भएकाले दुःख व्यक्त गर्दै शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।