धनकुटा सहित झापा, मोरङ र सुनसरीबाट ६ जना पक्राउ

विराटनगर, साउन ३२ गते । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले BR 38L9309 नम्बरको भारतीय मोटरसाईकल चालक २४ बर्षीय मिथलेस कुमार मण्डल, मोटरसाईकल पछाडी सवार रहेका २६ बर्षीय भस्कर कुमार शर्मा र २५ बर्षीय सौरव कुमार पासवानको साथबाट १० ग्राम ७०० मिलीग्राम ब्राउन सुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

त्यसै गरी प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-२ का ३८ बर्षीय जगत धिमाल र कमल गाउँपालिका-३ का ३५ बर्षीय कमल गुरुङलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, गाँजा १०० ग्राम र नगद १२ हजार ६०० रुपैँया सहित सोही स्थानबाट पक्राउ गरेको हो ।

यसका साथै प्रहरी चौकी लेगुवा धनकुटाबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका- २ का ३० बर्षीय संगम राईलाई लागुऔषध गाँजा ४६० ग्राम, प्रतिबन्धित औषधी tramadol २६ क्यापसुल र coliban २८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले BR11T1600 नम्बरको बेवारिसे अवस्थामा रहेको गाडी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट २ सय २० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो ।

बरामद भएका लागुऔषध र पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖