अस्थायी प्रहरी पोष्ट पिलुवाखोला संखुवासभाको भवन स्थानान्तरण
संखुवासभा । अस्थायी प्रहरी पोष्ट पिलुवाखोला संखुवासभाको
भवन स्थानान्तरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा प्रत्यक्ष मातहत चैनपुर नगरपालिका वडा नम्वर-९ मा रहेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोला, संखुवासभाको अस्थायी भवन एक कार्यक्रमको बिच चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङको आतिथ्यतामा स्थानान्तरण गरिएको छ ।
चैनपुर नगरपालिका वडा नम्वर-९ पिलुवाखोला स्थित सडकको जग्गामा २०६८ सालदेखि सडक किनारामै अस्थायी रुपमा भवन निर्माण गरी जोखिमपूर्ण रुपमा सेवा प्रवाह गर्दै आईरहेकोमा सुरक्षा संवेदनशिलतालाई समेत मध्यनजर गरी इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको पहलमा चैनपुर नगरपालिकाद्वारा मिति २०८१।०४।३० गते निर्माण सम्पन्न भएको अस्थायी टिनको ३ कोठे घरमा स्थानान्तरण गरेको हो ।
उक्त कार्यक्रममा चैनपुर नगरपालिका ९ नम्वर वडाध्यक्ष शान्ति बहादुर कार्की, इलाका प्रशासन कार्यालय चैनपुर संखुवासभा प्रमुख दिनेश बस्नेत, इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्की लगायत स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

