मोरङबाट लागुऔषध सहित ४ जना पक्राउ
विराटनगर, भदौ १ । मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो बिराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको प्र.१-०२-००३ ह २८८८ नम्बरको सिटि सफारीलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सिटि चालक बिराटनगर-१ का २३ बर्षीय पप्पु मण्डल र सिटिमा सवार कटहरी गाउँपालिका-२ का ३१ बर्षीय सुमन राईको साथबाट १८ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका-९ का १९ बर्षीय आर्यन थारु चौधरी र २७ बर्षीय राम मुर्मुलाई प्रतिबन्धित औषधी ट्रामाडोल २०० ट्याबलेट सहित रतुवामाइ नगरपालिका- २ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

