नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मनोमानी, सेटिङमा निकालियो हाटबजारको सुचना

मुकेश कुमार यादब/ सिराहा, १ भदौ। सिरहाको धनगढीमाई नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीको सेटिङमा आर्थिक लाभकै लागी कानुनको धज्जी उडाउँदै ३५ दिने निकाल्नु पर्ने सुचना १५ दिनकै लागि प्रकाशन गरिएको छ। नगरपालिकाले प्रथम पटक निकालिएको सूचनामा पाँचवटा गुदरी हाटबजारका लागि २२ लाख ७५ हजार रुपैयाँको सुचना १५ दिनकै लागि आबहान गरिको हो।

नगरपालिकाले असार १५ गते हाट बजार ठेक्का बन्दोवस्त सम्वन्धी १५ दिने सूचना प्रकाशन गरेको छ । प्रथम पटक प्रकाशित सूचनामा धनगढी, जिरोमाईल र छपराडी बजारको न्यूनतम दर १९ लाख ७५ हजार रुपैयाँ तथा कसहा र भवानीपुर बजारको तीन लाख रुपैयाँ को सूचना प्रकाशन गर्यो । 

यस सूचना अवधिमा बजार ठेक्का नलागेपछि दोस्रो पटक प्रकाशित भएको सूचना पालिकाको वेवसाइटमा देखिन्न तर,  २०८१ साउन ८ गते पुनः तेस्रो पटक सूचना प्रकाशन भयो। यो सूचनामा भने पाँचवटै बजारको न्यूनतम दर एकमुस्ट ३० लाख रुपैयाँ उल्लेख भएको छ । 

सामान्यतया ठेक्का आव्हान गर्दा पहिलो, दोस्रो र तेस्रो पटक ठेक्का नलाग्दा निर्धारित रकम घटाएर सूचना प्रकाशन गर्ने प्रवधान छ। तर, यो पालिकाले प्रथम पटक प्रकाशित सूचनाभन्दा ७ लाख बढी रकम राखेर सूचना प्रकाशन गरेको छ। 

सूचना प्रकाशन गर्दा प्रथम पटक प्रकाशित भन्दा  ३२ प्रतिशत बढी रकम राखेर ठेक्का आव्हान गरेको देखिन्छ। तर, जनप्रतिनिधी र कर्मचारीले आर्थिक चलखेलमा प्रथम पटक प्रकाशित सूचनाकै मूल्यमा ठेक्का सम्झौताका लगी ठेक्केदारलाई पत्र पठाएको छ। 
आम प्रचलनभन्दा ठेक्कामा बढी मूल्य देखाउनु तर ठेक्का प्रथम पटककै मूल्यअनुसार लगाउनुले आर्थिक चलखेल भएको वडाअध्यक्षहरु नै बताउँछन्। 

पालिकाले पव्रकाशित गरेको सूचनाको १७ नम्वर बुँदामा ‘दरभाउपत्र स्वीकृत भए पछि ठेक्काबापतको कबोल अंक बढीमा दुई किस्तामा बुझाउनु पर्ने छ। इसरी दुई किस्तामा बुझाउने भएमा पहिलो किस्ताबापत ठेक्का कबोल अंकको ६० प्रतिशत बरावर हुन आउने रकम बुझाई दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम बरावरको यस कार्यालयका नाउँमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी गरिएको कम्तिमा १३ महिनाको म्याद भएको जमानत पत्रको सक्कल प्रति चलन पुर्जी लिनु अगाबै पेश गर्नु पर्ने छ।’ भनिएको छ। 

तर, प्रशासकीय प्रमुख राजकुमार दासले जानकी निर्माण सेवा गोलबजार नगरपालिका ८ को नाममा पठाएको ‘समझौता गर्न आउने बारे’ को पत्रमा आफैले जारीगरेको सूचनाको उलङ्घन गर्दै ठेकेदारलाई सजिलो पार्ने गरी प्रथम किस्तामा स्वीकृत भएको सम्झौता रकमको २५ प्रतिशत चार लाख ९५ हजार ६४ रुपैयाँमात्र माँग गरीको छ।  

नगर आफैले जारी गरेको सूचनालाई लत्याउँदै  ठेकेदारलाई पोस्ने काम भएको स्थानीयहरुको आरोप रहेको छ।  यतिमात्र हैन अहिलेसम्म ठेकेदारले पहिलो किस्ता बुझाएको छैन। नगरबाट चलन पुर्जी लिएको छैन। तर, ठेकेदारले बजारबाट राजश्व अशुलि गरिरहेको छ।  यि तमाम क्रियाकलापले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनधीको मिलेमत्तोको पुष्टि हुने गरेको स्थानीयको आरोप छ। 

बजार ठेक्का सम्वन्धि विषयमा मेयर शिवशंकर महतोसँग जिज्ञासा राख्दा यो विषय मलाई भन्दा कर्मचारीसँग बुझ्दा राम्रो हुने बताए।  यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृत दाससँग प्रतिक्रिया माँग्दा उनले आर्थिक परामर्श समितिसँग छलफलगरी संशोधन पश्चात ठेक्का लगाएको बताए। 

अधिकृत दासले एउटै ठेक्काको तिनतिन पटक सूचना निकालेर नगपालिकामाथी  व्ययभार थपेको स्थानियहरुको भनाई छ ।  यस अवैध निर्णयले नगरपालिकाको पारदर्शिता र कानुनी पालना माथि गम्भीर प्रश्न उठाएको स्थानीयहरु बताउछन्। 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।