कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध सहित १० जना पक्राउ

विराटनगर, भदौ ०३ गते । संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका-२ का ४४ बर्षीय रोशन ओझाले हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा लागुऔषध ब्राउनसुगर २१ ग्राम २४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको बिराटनगर-१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित सुनसरी ईटहरी- १० का ३९ बर्षीय राजन बुढाथोकीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ बाट २५ बर्षीय बिशाल राईलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थित अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल १९२ क्याप्सुल बेचबिखान गरिरहेको अवस्थामा फेला पारी अर्जुन थापा, २२ बर्षीय सनम राई, १८ बर्षीय विबेक थापा र युवराज लिम्बुलाई पक्राउ गरेको हो भने प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपालीलाई बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल नियन्त्रित औषधी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।