रौतहटमा ट्राफिक सक्रियता, महिना दिनमा नै नियम उलङघन गर्ने ११ सवारी कारबाहीमा

सञ्जय मिश्रा /रौतहट, ३ भदौ। रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कार्वाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।

 

गत साउन मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

कार्वाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कार्वाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २६१ मोटरसाईकल रहेको छ। त्यसैगरी १७३ कार, जिप, टेम्पो,८६ बस र ५९ ट्याक्टर रहेको छ। 

जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार मापसे ६  ओभरालोड रहेको ३३१ ट्रक, हेलमेट सीट बेल्ट नलगाएको ९२, कागजपत्र नबोकेको २९७, सवारी चालक अनुमतिपत्र नभएको ६२, बती बिग्रिएको ७४, तिव्रगतिको ७ , र उद्देश्य बितरित लगेज बोकेको ४० गरी कुल ११ सय ५ सवारी धनीलाई कार्वाहीको दायरामा ल्याईएको छ।

 

जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।