बालदिवसका अवसरमा ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना

विराटनगर । ६० औं बालदिवसका अवसरमा विराटनगर महानगरपालिकासँगको सहकार्यमा नगर बालक्लब सञ्जालले ‘जनप्रतिनिधिसँग बालबालिका’ आयोजना गरेको छ ।

महानगरको हलमा आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न समस्या राखेका थिए । सत्यनारायण माविकी छात्रा प्रिती यादवले विद्यालयमा बस नभएको, शिक्षक नियमित नआउने, शिक्षकहरुबीच एकता नभएको विषय उठाइन् भने पोखरिया माविकी छात्रा कृतिका नेपालले सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा खर्च एकदमै कम भएको, विद्यालय छेउछाउ भोला, गुट्का खुलेआम बिक्री भइरहेको, बाल क्लब सञ्जालका कोषाध्यक्ष रितेश विश्वकर्माले स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेको, सत्यनारायणकै दिप्ती पोखरेलले निजी विद्यालय व्यापारीकरण भइरहेको, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेजस्ता विषय उठाएकी थिइन् ।

बालक्लब सञ्जालकी दीक्षा आचार्यले विद्यालय छेउछाउ बिक्री भइरहेको चुरोट, गुट्का, भोलालगायतमा कडाइ गर्नुपर्ने, अनिसा भट्टराईले सामुदायिक कुकुरले दुःख दिएको, छाडा पशुलाई नियन्त्रणमा लिनुपर्ने, आदर्श माविका सुगम आचार्यले शिक्षा निःशुल्क भनिए पनि चर्को शुल्क उठाइरहेकाले नियन्त्रण गरिनुपर्ने धारणा राखेका थिए । सत्यनारायणकै शिवानी राउतले ट्राफिक नियम लागू गराउनुपर्नेमा जोड दिए ।

नगर बालक्लब सञ्जालका अध्यक्ष अमित मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीलगायतले बालबालिकाले उठाएका विषय सम्बोधन गर्नुभएको थियो ।

वडाध्यक्षहरु तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा मेयर कोइरालाले बालबालिकाले उठाएका विषय सम्बोधन गर्न महानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले बालबालिकाले अत्यन्तै सान्दन्र्भिक विषय उठाएको भन्दै प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने प्रस्ट पार्नुभयो । उपमेयर शिल्पा निराला कार्कीले शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षाको गुणस्तर वृद्धिमा महानगर गम्भीर रहेको सुनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले दिवा खाजामा नेपाल सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरका तर्फबाट ५ रुपैयाँ थप गरिदिएको बताउनुभयो । ५ रुपैयाँ थप्दा महानगरलाई १ करोड २५ लाख भार थपिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विद्यार्थीले उठाएका विषय सम्भव भएसम्म सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖