झापामा इलामका मनिषाको छुरा प्रहार गरी हत्या, हत्या गर्ने अनिलको अवस्था पनि गम्भीर
झापा । झापाको अर्जुनधारा-६ महानन्द चोकमा इलाम सूर्योदयकी मनिषा लोहारलाई छुरा प्रहार गरी हत्या गरिएको छ ।
हत्या गर्ने अनिल बिकको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
मनिषा बिर्तामोड-५ स्थित पाथिभरा टोलमा बस्दै आएको र उनीहरू प्रेमी प्रेमिका भएको बुझिएको छ।

