ताप्लेजुङमा पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार महिलाको मृत्यु

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवा स्थितमा पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ रहेकी छिन । भदौ २९ गते दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकामबाट सामान बोकेर फक्तालुङ तर्फ जादै गरेको मे. १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरो संगै झरेको ढुङ्गाले किच्दा गुरुङ गम्भिर घाईते भएकि थिईन ।

घाईते उनलाई उपचारको लागी ताप्लेजुङ जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा नै मृत्यु भएको थियो ।

पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖