८ जना प्रशिक्षार्थीलाई दिक्षित गर्दै मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

इटहरी । इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिका अगाडि रहेको स्टुडियोसंगै रहेको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्टुडियोकि सञ्चालिका उर्बि श्रेष्ठ रहेकी थिइन् । वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि माननीय मिना श्रेष्ठ, सभाध्यक्ष उर्बि श्रेष्ठ र अन्य सम्माननीय अतिथिहरु द्वारा पानसमा बत्ती बालेर गरियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सौन्दर्य कला व्यवसायी संघ इटहरी नगर समिती अध्यक्ष बिजु श्रेष्ठ, नेपालको पहिलो महिला ट्याट्यु आर्टिस्ट सन्ध्या मास्के, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सचिव सुवास संकल्प श्रेष्ठ, ओपन स्पेस प्रालीका संचालक सरोज श्रेष्ठ, एल एन्ड सि मोडल एजेन्सीका संचालक दीपक गिरी, लुक्मी कस्मेटिक्स प्राइभेट लिमिटेडका संचालक खगेन्द्र बिमली, नेचर हब इटहरीका पूर्वाञ्चल डिरेक्टर सन्तोष धमलालगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा मार्टिनामा तालिम लिएका ८ जना प्रशिक्षार्थीहरूलाई दिक्षित गरियो । दिक्षित हुने प्रशिक्षार्थीहरूमा कविता दनुवार, अस्मिता श्रेष्ठ, तारा राई, कंचन राई, संगीता तामाङ, कोमल कुमारी बोथरा, मनिषा श्रेष्ठ र सृजना श्रेष्ठ रहेका छन् । मार्टिनामा तालिम लिई आफ्नै व्यापार सञ्चालन गरिरहेका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि मिना श्रेष्ठले प्रशंसापत्र वितरण गरिन् । साथै, मार्टिनालाई स्थापनाकालदेखि सहयोग गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको क्रममा वार्षिकोत्सवको केक समेत काटिएको थियो । कार्यक्रम प्रमुख अतिथि मिना श्रेष्ठले आफ्नो मन्तव्य राख्दै मार्टिना मेकअप स्टुडियोले इटहरीको सौन्दर्य क्षेत्रमा एक उदाहरणीय भूमिका खेलेको बताउँदै स्टुडियोको उज्ज्वल भविष्यको कामना गरिन् । उनले महिलाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिँदै, “महिलाहरू आफैं सक्षम हुनुपर्छ, खर्चका लागि अरूको भर पर्नु हुँदैन,” भनिन् । कार्यक्रममा सहभागी अतिथिहरूले पनि मार्टिना मेकअप स्टुडियो र प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।