झापामा युवकको हत्या, देवर र भाउजूले शव घरभित्र गाडेको आशङ्का

झापा । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ ।

बाह्रदशी-५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन ।

हत्या गरेर गाडेको स्वीकार गरिसकेका नरेश राजवंशीले देखाएको ठाउँमा खन्दा शव नभेटिएको फूलबारी प्रहरी चौकीका असई श्रवण चौधरीले बताए । उनले घरभित्र र घर बाहिर पनि खन्ने काम भइरहेको जानकारी दिए ।

प्रहरीले नरेश राजवंशी र उनकी भाउजूलाई नियन्त्रणमा लिएको छ । नरेशका दाजु गणेश राजवंशी दुबईमा रहेका छन् । देवर र भाउजूले मिलेर ठाकुरको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

हराएका ठाकुरले लगाएको कपडा, नुनको बोरा र हतियार भेटिएको जनाइएको छ । घटनास्थललाई सिल गरी थप अनुसन्धान भोलि बिहानबाट गरिने प्रहरीले जानकारी दिएको छ।-माइपोखरी न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖