पाँचथर, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जना पक्राउ

विराटनगर, असोज १९ गते । पाँचथर, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १८ गते दिउँसो जिल्ला प्रहरी कार्यलय उदयपुर र प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलका नगरपालिका-४ का २४ बर्षीय दुर्गा प्रसाद घिमिरे, ३० बर्षीय नबिन राई र ३० बर्षीय मान बहादुर माझीलाई ६० मिलिग्राम ग्राम ब्राउन सुगर, ट्रामाडोल १० चक्की र डिफोमिन ८ चक्कि सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-४ का २४ बर्षीय अबिन सुजी, २३ बर्षीय पुरन खत्री, १९ बर्षीया सुस्मा लिम्बु, फालेलुङ गाउँपालिका-४ का २३ बर्षीय जोसिफ राई र याङवारक गाउँपालिका-१ का २८ बर्षीय सरोज लावती समेतलाई १ ग्राम ब्राउन सुगर, ट्रामाडोल ४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी तीनकुनेको प्रहरी टोलीले धरान-८ स्थितबाट खोटाङ साकेला गाउँपालिका- ४ का २६ बर्षीय प्रकाश खड्का र हलेसी तुवाचुङ नगरपालिका- ३ का २३ बर्षीय किसिम राईलाई ट्रामाडोल १ सय ७० क्याप्सुल र डिकोलिक १ सय ७० ट्यावलेट सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।