इलाका प्रहरी कार्यालय पथरी मोरङको नव निर्मित कार्यालय प्रमुख निवास भवनको समुद्घाटन

मोरङ, असोज १९ गते । इलाका प्रहरी कार्यालय पथरी मोरङको नव निर्मित कार्यालय प्रमुख निवास भवनको समुद्घाटन भएको छ ।

असोज १८ गते दिउँसो कार्यालयको हाता भित्र एक बिशेष कार्यक्रमको आयोजना गरी भवन निर्माण समितिका अध्यक्ष रुपनारायण भट्टराईको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको प्रमुख आतिथ्यतामा भवनको समुद्घाटन भएको हो ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन तथा शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

निर्देशनकै क्रममा वहाँले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधि लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सु-ब्यबस्था कायम गर्न समेत निर्देशन दिनुभएको छ ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य लाल बहादुर सुश्लिङ मगर, चण्डी प्रसाद राई, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापो, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरू, स्थानीय जनप्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।