झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु
झापा । झापाको मेचीनगर-८ सेन्टर टोलका ३८ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।
राजपैनीमा बिद्युतीय तार प्रयोग गरी माछा मार्दा अचानक करेन्ट लागेपछि उनलाई बीएण्डसी अस्पताल लगिएको थियो। उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
शव अस्पतालमै राखिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

