सुनसरीको ईनरुवामा बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु

सुनसरी, असोज २३ गते । सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।

असोज २२ गते अपरान्ह मधेश प्र.०१-००१ च ०८४४ नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका-२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका-६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।