प्राज्ञ महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए वल्र्ड बुक अफ रेकर्ड

काठमाडौं,२५ असोज । २०८१ सालको शुभ दशैंको अबसरमा नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)लाई अर्को खुसी प्राप्त भएको छ । उनले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेको भन्दै वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ ।

काठमाडौंमा एक समारोहबीच हिजो नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिनिधिको उपस्थितिमा महेशलाई यो प्रमाणपत्र प्रदान गरेका हुन् । भ्याली पृतनापति सागरबहादुर थापाको विशेष सहयोग र नेपाली सेनाको विशेष पहलमा यो रेकर्ड प्राप्त भएको प्राज्ञ महेशले बताएका छन् ।

उनले गत शिबरात्रीमा ६०० जना नेपाली सैनिकलाई काठमाडौंको टुँडिखेलमा एउटा गीतमा थाली नृत्य प्रस्तुत गराएका थिए । करिब दुई महिनाको निरन्तर अभ्यासपछि ६०० जना सैनिकले महेश गोदारको नृत्य निर्देशनमा थाली नृत्य प्रस्तुत गरेका हुन् । यही नृत्यका लागि यतिबेला महेशलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले बिगत तीन दशकदेखि थाली नाच नाच्दै आएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको छमछमी नृत्य रियालिटी शोका पहिलो देखि चौथो सृँखलासम्म निर्णायक रहेका उनी लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय छन् ।

नृत्य निर्देशक महेश गोदारले यो वल्र्ड बुक अफ रेकर्ड लन्डनको वल्र्ड रेकर्डले नृत्य निर्देशनमा अझ नयाँ काम गर्न थप उर्जा मिलेको बताएका छन् । यो भन्दा अझ धेरै सँख्यामा नचाएर नयाँ रेकर्ड बनाउने चाहना पनि उनले व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।