१४ बर्पिया किशोरीको हत्या आरोपित सार्बजनिक
काठमाडौ । डडेल्धुरामा १४ बर्पिया किशोरीको हत्या आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारी लाई प्रहरीले सार्वजनिक गरेको छ ।
पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो।


