कोशी प्रदेश प्रहरीद्वारा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनिया प्रहरी दिवसमा सम्मानित

बिराटनगर । कोशी प्रदेश प्रहरीद्वारा ६९औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनियालाई सामाजिक शान्ति र सुरक्षामा योगदान पुर्‍याएको भन्दै सम्मान प्रदान गरिएको छ।

लुनिया जो व्यवसायिक क्षेत्रका साथै सामाजिक सेवामा पनि सक्रिय छन्, उनि मारवाडी युवा मञ्च बिराटनगरका सदस्य समेत हुन् ।

विशेष कार्यक्रममा कोशी प्रदेशका प्रमुख मन्त्री हिक्मत कार्की, एस.एस.पी. जय सापकोटा, एस.एस.पी. भीम दाहाल, र एस.पी. दीपक पोखरेल लगयातको उपस्थितिमा लुनियालाइ सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको थियो। शान्ति स्थापनाका लागि लुनियाले खेलेको भूमिकाले प्रहरी र समाजबीचको सहकार्यलाई अझ बलियो बनाएको भन्दै कोशी प्रदेशका प्रमुख मन्त्री हिक्मत कार्की को हात बाट विशेष सम्मान प्रदान गरिएको थियो ।

सम्मान प्राप्त गर्दै लुनियाले आफ्नो व्यवसायिक जिम्मेवारीसँगै समाजसेवामा सक्रिय रहन पाएकोमा गर्व व्यक्त गरे। उनले सेन्ट्रल मल्टिप्लेक्समा म्यानेजरको भूमिका निर्वाह गर्दा समुदायसँगको सम्बन्धलाई अझ नजिक ल्याउन सफल भएको र समाजमा शान्ति र सुरक्षाको लागि योगदान गर्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा प्रदेशका उच्च अधिकारीहरू, सामाजिक अगुवा, र स्थानीय प्रहरी अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।