तेह्रथुमको आठराईमा कालो अरीङगालको टोकाइबाट एक युवाको मृत्यु

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङमा अरीङगालको टोकाईबाट बिहीबार बिहान एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा थोक्लुङ खनालगाउँका शान्तिराम श्रेष्ठ रहेका छन ।

बुधबार बेलुका नजिकैको गाउँ याङख्वामा अरीङगाल काड्ने क्रममा धेरै अरीङगालले टोकेपछि तत्काल उनलाई उपचारका लागि जिल्ला अस्पताल पॉचथर पुर्याइएको थियो ।

पॉचथरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा लाने क्रममा फिदिमको लालिखर्कमा नपुग्दै बिहीबार बिहान करीब २ बजे श्रेष्ठको मृत्यु भएको उपचारका लागि गएका धन बहादुर श्रेष्ठले जानकारी दिए ।

मृतक शान्तिरामको शव पोष्माटमका लागि जिल्ला अस्पताल पॉचथरमा राखिएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖