झापा र खोटाङमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, कार्तिक ०२ गते । झापा र खोटाङको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कार्तिक १ गते साँझ झापाको बिर्तामोड नगरपालिका-३ बिर्ताबजार स्थितमा मे. १ च ५९३० नम्बरको गाडीले ठक्कर दिँदा घाईते भएका पैदल यात्री भारत घर भई बिर्तामोड-३ स्थितमा बस्दै आएका ६५ बर्षीय आसारुलाल पानवारीको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने चालक कन्काई नगरपालिका-८ का ४६ बर्षीय मान बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिईएको छ ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ स्थितमा ना. १ ज ५७४३ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानिय गोबिन्द कटुवाल र सुमो गाडीमा सवार स्थानिय दिपक बस्नेतको ८ बर्षीय छोरा हेमन्त बस्नेत घाईते भई उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

गाडी र चालक कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।