झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर,कार्तिक ०९ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका-५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर-८ का २२ बर्षीय सुमित रोय र भद्रपुर-६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर सहित र मोरङ कटहरी गाउँपालिका-४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖