धरानबाट ६० किलो लागुऔषध गाँजा बरामद
विराटनगर, कार्तिक १० गते । सुनसरीको धरान उप-महानगरपालिका-२० चिण्डेडाँडा जंगल स्थित बाटो छेउबाट ६० किलोग्राम ७६० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।


