ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट
ताप्लेजुङ । ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
गए राति जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बु याफ्रेमा आगलागीबाट एक घर जलेर नष्ट भएको हो ।
फुङलिङ नगरपालिका वडा नं. १० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार विद्याप्रसाद सिग्देलको घरमा आगलागी भएको हो।
क्षतिको पूर्ण विवरण भने आउन बांकी छ ।


