झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ
झापा, कार्तिक १४ गते । झापाको भद्रपुर नगरपालिका ५ मेची पुल स्थितबाट ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १२ का २० बर्षीय अनिष चौधरी र २३ बर्षीय जीबछ चौधरी रहेका छन् ।
हिजो दिउसो साँढे ११ बजे मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका उनिहरुको साथबाट ब्राउन सुगर १ ग्राम ३२ मिलिग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।


