ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक बिबेक बस्नेत असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, कार्तिक १६ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक बिबेक बस्नेतलाई २०८१ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक बिबेक बस्नेतले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थितबाट घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक सहित १ जना, मिक्वाखोला-२ स्थितबाट पेस्तोल सहित १ जनालाई पक्राउ गरेको र जङ्गलको ओढारमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक समेत बरामद गर्न सफल भएको तथा ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भई फरार प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको यसका साथै अपराध अनुसन्धान शाखामा कार्यरत रही मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाई आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

वहांको उक्त उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖