पाँचथरको च्याङ्थापुबाट इलामतर्फ आउँदै गरेको डबल क्याब पिकअप दुर्घटना

इलाम । आज बिहान ६:०५ बजे फिदिम नगरपालिका–४ मा मेची राजमार्गको डब्लु हाउस नजिक पाँचथरको च्याङ्थापुबाट इलामतर्फ आउँदै गरेको पाँचथर याङवरक–१ निवासी २६ वर्षीय सुबास गुरुङले चलाएको डबल क्याब पिकअप अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा पाँचथर याङवरक–१ च्याङ्थापु बिरुवाका ३ वर्षीया सलक्षना राईको टाउकोमा सामान्य चोट लागेको छ र उनको अवस्था सामान्य रहेको छ।

सोही ठाउँकी २० वर्षीया सृष्टि राईको नाकमा हल्का चोट लागेको भए पनि बाहिरी चोट छैन, र उनको अवस्था सामान्य छ। ५४ वर्षीय सन्तोष राईको शरीर दुखेको भए पनि बाहिरी चोट छैन, र अवस्था सामान्य छ।

४४ वर्षीया बिना राईको शरीर दुखेको छ, तर बाहिरी चोट छैन र अवस्था सामान्य छ। २७ वर्षीय सन्देश बेघाको अनुहारमा सामान्य चोट लागेको छ र अवस्था सामान्य रहेको छ। २५ वर्षीया संगिता राईको शरीर दुखेको छ र अवस्था सामान्य छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने घटनास्थलमा रहेको सवारीसाधन निकाल्ने काम जारी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।