ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २०८१ कार्तिक २६ गते । मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यसै गरी हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो ।

यसै गरी हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ स्थितबाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।