इलामको सिम्ले साकाले खोलामा एक अर्धकट्टी शव फेला
इलाम । इलामको सूर्योदय नगरपालिका-१४, सिम्ले साकाले खोलामा एक अर्धकट्टी शव फेला परेको छ।
बुधबार स्थानीयहरूले माछा मार्ने क्रममा खोलाको पानीभित्र ढुंगाको चेपमा कम्मरदेखि तलको भाग मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रत्यक्षदर्शी खड्का राईका अनुसार, शवको कम्मरमाथिको भाग पूर्ण रूपमा छुटेको र शरीर अत्यधिक कुहिएको अवस्थामा फेला परेको छ, जसले गर्दा पहिचान गर्न कठिनाइ भइरहेको छ।
घटनास्थलमा पशुपतिनगरबाट प्रहरी टोली पुगेको छ। प्रारम्भिक अनुसन्धानपछि थप विवरण खुलाउन प्रहरी तयारी अवस्थामा रहेको जनाएको छ।
शवको पहिचान र घटनाको कारणबारे थप अनुसन्धान जारी छ।


