मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर, मंसिर १ गते । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङ, मोरङबाट खटिएको प्रहरीको टोलीले कात्तिक ३० गते लेटाङ नगरपालिका-३ मिलन चोक स्थितबाट लेटाङ नगरपालिका-३ का २१ बर्षीय श्याम लिम्बुलाई ५ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी प्रहरी चौकी बाङगे, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बिष्टिनि चोक स्थितबाट बराहक्षेत्र नगरपालिका-७ का २४ बर्षीय बिबेक राई र बराहक्षेत्र नगरपालिका-१ का २३ बर्षीय अभिषेक भुजेल को साथबाट प्रतिवन्धित लागु औषध ट्रामाडोल- ७२ क्यापसुल र डिकोलिक- ८१० ट्याव्लेट फेलापारी नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तिनैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।