सामाजिक सहकारीको तेह्रौं साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर—१५ स्थित सामाजिक बचत ऋण तथा सहकारी संस्था लिमिटेडले असल बचतकर्ता र ऋणीहरुलाई सम्मान गरेको छ ।

शनिबार १३ औं वार्षिक साधारणसभाको अवसर पारेर सहकारीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा यादवकुमार खड्का, सलाउँदिन मिया, संस्कार गिरी, युएन साह, शीला चौधरी, अनिल महतो र शोभा देवीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आयोजक संस्थाका अध्यक्ष मित्रलाल गिरीलगायतले सम्मान गर्नुभएको थियो ।

नियमित बचत गर्ने र ऋणको साँवा र ब्याज तोकिएको समयभित्र तिर्नेहरुमध्येबाट उत्कृष्ट छनौट गरेर सम्मान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभयो । उहाँले बैंक र वित्तीय संस्थाको पहुँच नपुगेका स्थानमा सहकारीहरुले आमजनतालाई वित्तीय सेवा प्रदान गरिरहेको चर्चा गर्नुभयो । गलत गर्ने सहकारीलाई कारबाही दायरामा ल्याउने उहाँको भनाइ थियो ।

महानगरमा सहकारी मात्रै हेर्ने छुट्टै शाखा रहेको चर्चा गर्दै हरेक सहकारीका कामकारबाहीलाई महानगरले सूक्ष्म रुपमा हेरिरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सचिव फरियाज, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । २०६८ सालमा स्थापित सो सहकारीमा ४४८ जना शेयर सदस्य रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖