दमकमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
दमक :झापाको दमक नगरपालिका वडा नं. ३, दीपज्योति टोलमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ।
मंसिर २ गते राति करिब २ बजे जंगलबाट आएको हात्तीले सोही स्थानका सुबिन भट्टराईको किचन भत्काउन थालेपछि छिमेकी ४५ वर्षीय मिनबहादुर भण्डारीले हात्तीलाई धपाउन खोजेका थिए। हात्तीले भण्डारीलाई करिब १०० मिटर परसम्म लखेटी लछारपछार गर्दा उनको मृत्यु भएको हो।
घटना सम्बन्धी जानकारी इलाका प्रहरी कार्यालय दमकमा प्राप्त भएपछि तत्कालै प्रहरी टोली खटिएको छ र हाल घटनाको अनुसन्धान भइरहेको छ।


