शिक्षक सरुवाको बिषय लिएर रौतहटका मेयर माथी आक्रमणको प्रयास

सञ्जय मिश्रा /रौतहट, ३ मंसिर । रौतहट स्थित शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरी एकजना मेयर माथी आक्रमणको प्रयास भएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल माथी आईतवार साँझ आक्रमणको प्रयास भएको हो। शिक्षक सरुवाको बिषय लिएर आईतवार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन्।

आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौंज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेस जैसवाल माथी उनीहरू धक्कामुकी समेत गरेका छन्।

गत शुक्रवार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो। सोही मध्ये एकजना माबि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथी आक्रमण गर्न खोजेको बुझिएको छ।

शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरुको उस्काहटमा गरुडा  ४ का केही मानिसहरू यस प्रकारको अभद्र ब्यवहार गरेको मेयरका छोरा शैलेस जैसवालले बताएका छन्। गरुडा  ४ का रामएकवाल पटेल, विरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादव लगायतका मानिसहरू मेयर जैसवाल विरुद्द खुलेरै लागेको शैलेसले जानकारी दिएका छन्। 

 

यसैबीच अभद्र ब्यवहारमा लागेका ७ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेसले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथी आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।

 

यसअघि शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षती भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा ईलाका प्रहरी कार्यालय गरुडाका १० जना बिरुद्द मुद्दा दायर गरिएको थियो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।