विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण

विराटनगर । विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेशकोइरालाले उद्घाटन गर्नुभयो ।

शिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पूर्वअध्यक्ष मीनकुमार आचार्य, समाजसेवी उद्धव कोइराला, शिद्धकाली विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, मन्दिर निर्माण समितिका अध्यक्ष शोभानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्दिरको शिलान्यास अघि कलशयात्रा निकालिएको थियो । कलशयात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖