संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु
संखुवासभा । संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
हिजो जिल्लाको सिलीचोङ गाँउपालिका वडा नं. ३ खङ्बा खोला स्थितमा रहेको तेवा भिरमबाट लडेर सिलीचोङ गाँउपालिका वडा नं. ३ लकुवा बस्ने ३६ बर्षिया राजन राईको मत्यु भएको हो ।
राई भीरमा चढी भिर मौरीको मह काढ्ने क्रममा अचानक लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


