संखुवासभाका प्रमुख जिल्ला अधिकारी खड्काद्वारा जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण
संखुवासभा । संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त निरीक्षण कार्यक्रमको अवसरमा प्रजिअ खड्काद्वारा सबै शाखा लगायत प्रहरी परिचालन कक्ष, हिरासत कक्ष समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ । निर्देशन सम्वोधनको क्रममा बोल्नुहुँदै वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई अनुशासित तवरले चेन अफ कमाण्डमा रही आफ्नो पदीय जिम्मेवारी वहन गर्न र कार्यालयमा आउने सबै सेवाग्राहीहरुलाई समान रुपमा व्यवहार गरी तदारुकताका साथ कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो ।
सोहि अवसरमा बोल्नु हुदै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले आफ्नो अति व्यस्त समयका बाबजुद जिल्ला प्रहरी कार्यालय निरीक्षण गर्नु भएकोमा प्रजिअ खड्कालाई धन्यवाद ब्यक्त गर्दै प्राप्त निर्देशानुसार शून्य सहनशिलताको नीति अवलम्बन गरी जनमैत्री प्रहरी सेवा प्रवाहमा बिशेष जोड दिने बताउनु भयो ।
साथै सोही अवसरमा प्रजिअ खड्काले कारागार सुरक्षा गार्ड संखुवासभाको समेत निरीक्षण गर्नु भएको थियो ।


