कोशीमा प्रहरी सहायक निरीक्षक अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, मंसिर ५ । संखुवासभाको चिचिला प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई सोर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो। 

असई अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका–४ का ४५ वर्षीय एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरीसहित पक्राउ गरेका थिए। उनले उनले उच्च मनोबलका साथ उक्त कार्य गर्न सफल भएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

उनी कार्तिक १८ गते चिचिला गाउँपालिका–३ बस्ने दुई व्यक्तिबीच आपसमा वादविवाद हुँदा ढुंगा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको सूचनाको आधारमा घटना स्थलमा खटिएर मृतकको शव भीरमा अड्किएको अवस्थामा फेला पारेको र घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।