विराटनगर महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ ।

बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिऊ वितरण गर्नुभएको थियो ।

महानगर क्षेत्रका १८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिए कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो । सो बिऊले करिब २६ हेक्टर जमिनमा खेती गर्न सकिनेछ । उहाँका अनुसार कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई वितरण गरिनेछ ।

विराटनगर महानगर क्षेत्रभित्र १ हजार ३ सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।