नेपाली महिलाले केही गर्न सक्छ भनेर देखाए : विभा

काठमाडौ । मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन् । अन्तराष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उनको भनाई थियो ।

बस्नेतले केही दिन अगाडि मात्र अन्तराष्ट्रिय प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा मिसेस तर्फको शिर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरेनसनल’ नेपाललाई दिलाएकी थिइन् । राजधानीमा आयोजित पत्रकार भेटघाट क्रममा उनले ‘हेरिटेज प्याजेन्ट’को अनुभव बाँडिन् ।

‘अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अनुभव मेरो स्वदेशको भन्दा बेग्लै रह्यो । त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुरोको जानकारी मिल्यो’, बस्नेतले भनिन् ‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकता बारे समेत सबै माझ राखे ।’ विजेता बने त्यो खुसी कुरो हो । तर विजेता नभएको पनि सहभागी हुन पाएकोमा भाग्यमानी ठान्ने उनले सुनाइन् । ‘नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणी गर्न सफल भए । यो देशका लागि उपलब्धि हो’ उनले थपिन् ।

कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए । नेपालीहरुको समय ख्याल नगर्ने बानी अन्तराष्ट्रिय प्रतियोगीतामा पछि पर्नुको मुख्य कारण हुने गरेको उनले भनाई थियो ।

‘हामी नेपाली समय अनुसार चल्दैनौ । मैले विश्वका बिभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समय अनुसार चलेको पाएको छु’, शाक्यले थपे ‘समय लगायत धेरै कुरोमा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ हामी विश्वका अन्य मुलुक भन्दा कलासंस्कृतिमा धनी भएकोले प्रतियोगीताका लागि प्रस्तुत गर्ने बिषय हामीसँग धेरै रहेको उनले सुनाए ।

बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेता पछि यो बर्ष नेपाललाई उपलब्धि हात परेको बताइन् । मिडियाको प्रतियोगी छान्ने प्रकृया अन्य भन्दा भिन्न र उत्कृष्ट भएकोले अन्तराष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उनको भनाई रहेको थियो ।

‘हामी अडिसनदेखि फाइनलसम्म बिभिन्न चरणको सेलेक्स गर्छाै’, श्रेष्ठले भनिन् ‘छानिएका प्रतियोगीलाई अनेक प्रशिक्षणबाट निर्खाछौ । त्यसैले पनि यो उपलब्धि हात परेको हो ।’ उनले आगामी दिन अझ धेरै अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य मिडियाको रहेको सुनाइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।