इटहरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
इटहरी । इटहरी बालग्रामा ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई एक म्याजिक भेनले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सङ्खुवासभा, धर्मदेवी नगरपालिका निवासी ३२ वर्षीय युवराज गुरुङ र उनकी ३२ वर्षीया श्रीमती टीका गुरुङ रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


