बिर्तामोड बुट्टावारीको मोटरसाइकल ग्यारेजमा आगलागी

झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित बुट्टावारी चोकमा रहेको दीपक मोटरसाइकल वर्कसपमा आज विद्युत सर्टका कारण आगलागी भएको छ।

साँझ ६:३५ बजेतिर सुरु भएको आगलागीले वर्कसपमा ठूलो क्षति पुयाएको हो। वर्कसप सञ्चालक अर्जुनधारा नगरपालिका वडा नं. ११ का दीपक राजवंशीले मर्मतका लागि राखिएका सवारीसाधन र उपकरणहरूमा ठूलो नोक्सान भएको बताएका छन्।

अस्थायी प्रहरी चौकी बुट्टावारीलाई आगलागीको जानकारी ६:४० बजे प्राप्त भएको थियो। बिर्तामोड, भद्रपुर, र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली, र स्थानीयवासीको सक्रियतामा आगो साँझ ७:१५ बजे नियन्त्रणमा आएको थियो।

आगलागीबाट स्कुटर १ थान, सुपर स्प्लेन्डर मोटरसाइकल १ थान, एयर कम्प्रेसर, तथा विभिन्न मर्मत उपकरणहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यो घटनामा कुनै मानविय वा चौपायाको क्षति नभएको र आगलागीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।-रुटिन अफ झापा बन्द

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।